गर्मी बढ्यो

विहीबार, ०१ चैत्र २०८०, ११ : ४१

 काठमाडौँ - केही दिनयता नेपालको तापक्रम बढी रहेको छ । मौसम पूर्वानुमान महाशाखले केही दिनदेखि तापक्रम बढ्दै गएको जानकारी दिएको छ ।

बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देश भरको तापक्रम बढेको देखिएको छ । महाशाखाले सबैभन्दा बढी भैरहवाको तापक्रम ३४.५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको छ । भैरहवापछि जनकपुरको तापक्रम उच्च छ । जनकपुरको ३४.४ डिग्री सेल्सियस मापन हुँदा काठमाडौंको तापक्रम २७.२ डिग् सेल्सियस मापन गरिएको छ । त्यस्तै दिपायलको २९.६, डडेलधुराको २१.४, धनगडीको ३१.४, वीरेन्द्रनगरको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी दिएको छ । त्यस्तै नेपालगञ्जको ३१.५, जुम्लाको १९.७, घोराहिको २९.२, पोखराको २८.५, सिमराको ३१.४, ताप्लेजुङको २२.७, धनकुटाको २६.६, विराटनगरको ३१.६ र ओखलढुंगाको २३.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

विहीबार, ०१ चैत्र २०८०, ११ : ४१

प्रतिक्रिया