उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई १ लाख जरिवाना

विहीबार, ०१ चैत्र २०८०, १२ : २३

काठमाडौं - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई १ लाख रुपैयाँ जरिवाना व्यवस्था गरिएको  छ । 

बजार अनुगमनका क्रममा रविभवनको एउटा पसलले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेरै बिक्रीवितरण गरेको पाइएपछि वरिवाना गरिएको विभागका प्रवक्ता आनन्द पोखरेलले जानकारी दिएका छन् । विभागले बुधबार उपत्यकाका १२ स्थानमा बजार अनुगमन गरेको थियो । त्यस क्रममा एउटालाई मात्रै आर्थिक जरिवाना गरिएको र थप ४ पसललाई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ । 

विहीबार, ०१ चैत्र २०८०, १२ : २३

प्रतिक्रिया