काठमाडौँ - साल्टट्रेडिङ कर्पोरेशनको ढुवानी अनुदानको निर्धारित कोटाको नुन हेलिकोप्टरबाट ढुवानी सम्पन्न भएको छ। दश दिनयता माउण्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य गरेर सम्पन्न गरेको हो।सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर आएको नुन सर्केगार्ड गाउँपालिका–६ को खडिखेतमा ढुवानी भएर आएको नुन सो स्थानबाट भने हेलिकोप्टरले ढुवानी गरेको हो। ढुवानी सुरु गरेको दस दिनमा दैनिक तीस उडान भरेर नुन ढुवानी गर्ने कार्य भएको हो ।
कर्पोरेशनद्धारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउण्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताए । यसवर्ष हेलिकोप्टरले जिम्मा लिएको कारण छोटो समयमा ढुवानी कार्य भएको हो। हेलिकोप्टरले एक उडानमा सात क्वीन्टल नुन ढुवानी गर्ने गरेको छ। खडिखेत देखि सिमकोट बिमानस्थल सम्म एक सटलमा चौध मिनेट समय लाग्ने गरेको छ। कर्पोरेशनका हुम्ला प्रमुख राजबहादुर लामाले यस वर्षको एक हजार ६८४ क्वीन्टल नुन ढुवानी भएको बताए । बिगतमा नुन ढुवानी कार्य ढिलो हुने गरेको थियो। यस अघि कर्पोरेनको पैदल मार्गको कोटाको नुन एक हजार सात ७७० क्वीन्टल ढुवानी भएर आई सकेको छ। सो नुन ताँजाकोट, अदानचुली, सर्केगार्ड र चङ्खेली गाउँपालिकालाई बिक्री गरिएको छ। हुम्ला जिल्लामा ढुवानी अनुदानको नुन भएको कारण प्रतिकेजी नौ रुपियाँमा बिक्री हुने गरेको छ।
प्रतिक्रिया