नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

१ महिना अगाडि

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

हङकङ, पपुवा न्युगिनी ९पीएनजी० र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो । समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो ।

काठमाडौँ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ । आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरू नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया