माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर

शुक्रबार, ०२ चैत्र २०८०, १२ : ११

काठमाडौँ  - चालु आर्थिक वर्ष २०८०\८१ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर रहेको छ । माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर रहेको हो। घरजग्गा किनबेच स्थिर रहे पनि राजस्व भने थोरै वृद्धि भएको देखिन्छ। फागुनमा सरकारलाई घरजग्गा किनबेचबाट तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ।माघमा भने तीन अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो। गत आर्थिक वर्ष फागुन महिनाको तुलनामा भने यो वर्ष फागुन महिनामा २५.१९ प्रतिशतले घरजग्गा किनबेच बढेको छ। गत वर्ष फागुनमा ४० हजार सात सय ३४ संख्यामा मात्रै घरजग्गा किनबेच भएको थियो। सो कारोबारबाट सरकालाई तीन अर्ब ५६ करोड रूपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकले देखाएको छ।

शुक्रबार, ०२ चैत्र २०८०, १२ : ११

प्रतिक्रिया