सगरमाथा क्षेत्रमा एक कोरियन नागरिकको मृत्यु

शुक्रबार, ०२ चैत्र २०८०, १३ : २७


काठमाडौँ - सगरमाथा क्षेत्र धुम्न अएका आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ ।ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।हेलिकप्टर मार्फत उनको  उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका थिए  ।

शुक्रबार, ०२ चैत्र २०८०, १३ : २७

प्रतिक्रिया