काठमाडौँ - पाक कलाको संसारमा पाहुनाहरूलाई स्वागत गर्दै द सोल्टी काठमाडौँले यही आजदेखि १० दिने अवधमा खाना महोत्सव सुरु गर्न लागेको छ । आजदेखि सुरु हुने यो महोत्सव हरेक दिन बेलुका ७:३० देखि १०: ३० बजेसम्म आगामी १० दिनसम्म चल्नेछ।
यो समयमा पाहुनाहरूले आफूलाई मन पर्ने अवध परिकारहरू खान पाउनेछन्। शनिवार दिउँसो १२ः३० देखि ३ः३० सम्म विशेष बिहानी खानाको व्यवस्था पनि गरिएको छ। होटेलद्वारा जारी विज्ञप्ति अनुसार यस खाना महोत्सवका लागि भारतका सेलिब्रेटी सेफ अनिरुद्ध भारत आउँदै छन्। दुई दशक बढी समय पाक कलामा बिताएका सेफ अनिरुद्धले खानाका पारखीहरूलाई उत्कृष्ट परिकारहरू रोचक ढङ्गले पस्किने छन्।अवधका नवाबहरूको शाही भान्साका विशेषज्ञ सेफहरूले यी खाना पस्किने छन्। नवाबी जीवन शैलीमा परिष्कृत र उत्कृष्ट परिवार पस्किने होटेलले जनाएको छ। यो महोत्सवमा शाकाहारी र मांसाहारी दुवै परिकारहरू समावेश गरिने जानकारी दिइएको छ। यसमा अवधका सबैभन्दा चर्चित व्यञ्जनहरू समावेश छन्। विशेषगरी कबाब, करी र बिरयानीलगायत सबै किसिमका अवधि भोजन गर्न पाइनेछ।
प्रतिक्रिया