सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपतिका छोरा पक्राउ

शुक्रबार, ०२ चैत्र २०८०, १९ : १०

काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।  प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनायो ।

शुक्रबार, ०२ चैत्र २०८०, १९ : १०

प्रतिक्रिया