जापानी संस्कृतिबारे जानकारी दिन काठमाडौँ र पोखरामा फिल्म फेस्टिभल

१ महिना अगाडि

काठमाडौँ  - किमोनोमा सजिएका युवती र टोन्बीमा सजिएका युवाहरू फोटो खिच्न र खिचाउन मै व्यस्त छन् । कोही क्यालीग्राफि त कोही ओरिगामी बनाउन प्रयासरत छन् । कोही भने जापानी खेलको मनोरञ्जन लिइरहेका छन् । 

नेपालमा जापानी चलचित्रको प्रदर्शनी नहुने गरेको र यस प्रकारको महोत्सवले जापानको बारेमा जानकारी लिन चाहने मानिसहरूलाई सहयोगीसिद्द हुने अपेक्षा राजदूतावासले लिएको छ । नेपालमा जापानी भाषा सिकिरहेका विद्यार्थीलाई पनि जापानी परिवेश, भेसभुसा र संस्कृतिको बारेमा थप जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । यही फिल्म फेस्टिभल अन्तर्गत यही मार्च २० र २१ मा नेपालमा रहेको जापानी दूतावासको हलमा पनि पोखरामा प्रदर्शन गरिएको फिल्महरूको पुनः प्रदर्शन गरिनेछ ।

जापानीज फिल्म फेस्टिभल अन्तर्गत शनिवार नेपालमा रहेको जापानी राजदूतावासले आयोजना गरेको सांस्कृतिक आदानप्रदान कार्यक्रमको झलक हो यो । शुक्रवारदेखि सुरु भएको दुई दिने यो कार्यक्रममा कुल ५ वटा फिल्म देखाइन्छ भने जापानको पहिरन र लेखाइ पद्दतीको अनुभव नेपालीले नेपालमै गरुन् भन्ने हेतु यो फेस्टिभलको आयोजना गरिएको जापानी राजदूतावासले जनाएको छ । काठमाडौँका अलावा पोखरामा पनि आयोजना भएको यो फिल्म फेस्टिभलमा ५ वटा फिल्म प्रदर्शन भएको थियो । 

१ महिना अगाडि

प्रतिक्रिया