क्यानडा टिकटकबाट हुने राष्ट्रिय सुरक्षा खतराबारे अध्ययन गर्दै

१ महिना अगाडि

काठमाडौँ - अमेरिकामा प्रतिबन्धको संघारमा पुगेको टिकटकले क्यानडामा समेत त्यही नियति भोग्ने जोखिम बढेको छ ।  क्यानडामा आफ्नो बजार विस्तार गर्ने टिकटकको योजना रोकिने सम्भावना छ ।क्यानडाका उद्योग मन्त्रीले चिनियाँ एप टिकटकद्वारा व्यवसाय विस्तारका लागि राखिएको प्रस्ताव उपर राष्ट्रिय सुरक्षा समीक्षा सुरु गरिएको पुष्टि गरेका छन् ।


सो निवेदनका विषयमा सरकारले समीक्षा सुरु गरेको छ र त्यसलाई क्यानडाको राष्ट्रिय सुरक्षासँग जोडिएको छ । त्यसैले उक्त अध्ययनले टिकटकको विस्तार रोक्ने लगायतका विभिन्न उपायहरु सुझाउने सम्भावना रहेको बताइएको छ । क्यनडामा व्यवसाय विस्तार गर्नका लागि सहमति प्रदान गर्न टिकटकले गत वर्ष सन् २०२३ मा क्यानडा सरकारसँग अनुरोध गरेको थियो । यसका साथै क्यानडाको गोपनीयता आयुक्तले पनि टिकटकले गर्ने प्रयोगकर्ताको व्यक्तिगत डेटा संकलन, प्रयोग र खुलासाका विषयमा अनुसन्धान गरिरहेका छन् ।

यदि त्यस्तो भएमा यसले टिकटकको चुलिंदो समस्यामा झनै आगोमा घिउ थप्नेछ । क्यानडाको राष्ट्रिय कानून अनुसार कुनै पनि विदेशी कम्पनीको लगानीसम्बन्धी प्रस्ताव आउँदा सरकारले उक्त लगानीबाट देशको राष्ट्रिय सुरक्षामा पर्नसकने सम्भावित जोखिमका विषयमा मूल्यांकन गर्नुपर्दछ । उक्त कानुन अनुसार सरकारले यस्तो अनुसन्धानको विस्तृत विवरण तथा नतिजा सार्वजनिक गर्न पाउँदैन ।गत हप्ता मात्रै अमेरिकाको तल्लो सदनले एउटा विधेयक पारित गरेको छ जस अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक बिक्री गर्नुपर्नेछ र नगरेमा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ।गत वर्ष क्यानडाले त्यहाँका सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध गरेको थियो । टिकटकले सुरक्षा र गोपनियतामाथि स्वीकार नै गर्न नसकिने तहको जोखिम खडा गरेको ठहर सरकारको थियो ।
 

१ महिना अगाडि

प्रतिक्रिया