अमेरिकाद्धारा युक्रेनलाई ठूलो सैन्य सहयोग

१ हप्ता अगाडि

काठमाडौँ - अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गर्ने घोषणा गरेको छ  । जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ । प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम पनि समावेश गरिएको छ ।

उनीहरुको सहयोगले युक्रेनलाई रुसको हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका हुन् । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ ९युएसएआई० अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ । पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने पनि बताए ।

यो सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी–ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ । विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्याङ्क विरोधी मिसाइलहरू दिएको अमेरिकी रक्षामन्त्री अस्टिनले बताए ।
अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेज अन्तर्गत रहेको पेन्टागनले जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया