पक्राउ परेका महरालाई काठमाडौँ ल्याईयो

१ महिना अगाडि

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ ।

उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हो । सिआईबीको निगरानीमा रहेका महरालाई प्रहरीले आजै बिहान रुपन्देहीबाट पक्राउ गरेको थियोे। महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मु‍द्दा चलाउन सिफारिस गरेको थियो।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ । 

 

१ महिना अगाडि

प्रतिक्रिया