विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको :सांसद तिमल्सिना

१ महिना अगाडि

काठमाडौं- नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने । कांग्रेस सांसद तिमिल्सनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपंक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् ।

उनले भने ‘प्रतिपक्षमा हुँदा आवाज उठाउनुभएको थियो । अहिले कृषिमन्त्री भएको १० दिन भइसक्यो । कहिले पाउने हो दूध किसानले भुक्तानी ?’

१ महिना अगाडि

प्रतिक्रिया