त्रिवेणी पाटनमा ‘स्कि’खेलको प्रचुर सम्भावना

१ महिना अगाडि

काठमाडौँ - पर्यटकीय गन्तव्य त्रिवेणी पाटनमा हिउँमा खेलिने साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको छ । पछिल्लो केही समययता नेपाल साहसिक स्कि पर्यटनको राम्रो गन्तव्य बन्दै गइरहेको समयमा कालिकोटको रास्कोट नगरपालिकामा रहेको त्रिवेणी पाटन, छेत्तडि पाटन र सान्नित्रिवेणी गाउँपालिकाको लेकाली भेगमा स्कि खेल खेलाउन सकिने देखिएको छ ।

विदेशमा खेलिने स्कि खेल कर्णालीको हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेल्ने खेल त्रिवेणी पाटनमा निकै सम्भावना रहेको नेपाल स्की एसोसिएसन कर्णाली प्रदेश सचिव मनराज सिम्खडा जानकारी दिए । त्रिवेणीमा हिउँदको समयमा मात्रै स्कि खेल सञ्चालन गर्न सकिने सम्भावना रहेको सचिव सिम्खडाले बताए । उनले भने,‘कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरुमा सडकको पहुँच राम्रो भएको भए यसको सम्भावना एकदमै छ । तर, सडक सञ्जालले नछोएको हुँदा स्कि खेल खेल्न सक्ने सम्भावनाका ठाउँहरुमा जान धेरै नै गाह्रो छ ।’

उनका अनुसार एक हप्तासम्म सञ्चालन भएको तालिमको १० लाख खर्च लागेको बताए । नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, नेपाल स्की एसोसिएसन कर्णाली प्रदेशको समन्वय र रास्कोट नगरपालिकाको सहयोग रहेको नेपाल स्की एसोसिएसन कर्णाली प्रदेश सचिव मनराज सिम्खडा जानकारी दिए । यस्तै, स्कि खेल सम्बन्धी आधारभूत तालिम पनि सम्पन्न भएको छ । फागुन २८ गते देखि सञ्चालन भएको स्कि खेल चैत ४ गते सम्पन्न भएको हो । कालिकोटको रास्कोट नगरपालिकाको त्रिवेणी पाटन र छेत्तडिमा भएको उक्त तालिममा ४ जना प्रशिक्षकले २० जना सहभागीहरुलाई प्रशिक्षण गरेका थिए ।

१ महिना अगाडि

प्रतिक्रिया