दोस्रोपटक मन्दीमा न्यूजिल्यान्ड

१ महिना अगाडि

काठमाडौँ - न्यूजिल्यान्डको अर्थतन्त्र मन्दीमा गएको छ ।

पछिल्लो जीडीपी तथ्यांकले सन् २०२३ को अन्तिम त्रैमासमा अर्थतन्त्र खुम्चिएको पुष्टि गरेको छ । यो सँगै १८ महिनामा दोस्रो पटक त्यहाँको अर्थतन्त्र मन्दी गएको हो । बिहीबार न्यूजिल्यान्डको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार डिसेम्बर त्रैमासमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको छ । सेप्टेम्बर त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । यो सँग अर्थतन्त्र प्राविधिक भाषामा आर्थिक मन्दीमा गएको छ । गएको पाँच त्रैमासमध्ये चार वटा त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क कार्यालयले बताएको छ । केन्द्रीय बैंकले अर्थतन्त्र सुस्ताउने अनुमान गरिरहेको समयमा अर्थशास्त्रीहरूले अर्थतन्त्र झिनो अंकले खुम्चने वा झिनो दरमा बढ्न सक्ने बताएका थिए ।

१ महिना अगाडि

प्रतिक्रिया