आफ्नाका लागि रमाउन एनसेलको सन्देश

१ महिना अगाडि

काठमाडौं  - एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा ९होली पर्व०को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।

 ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले  यो भिडियो सन्देश बनाएको हो । आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्वमध्ये एक हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक बिस्तारै हराउँदै गएको छ । छोराछोरीहरू आ–आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमाहरू एक्ला हुन्छन् । यही कमी महसुस गरेर एनसेलले यो भिडियो बनाएको हो । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ । सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ । यी र यस्तै सन्देशमार्फत हरेक नाता\सम्बन्धलाई बलियो बनाउन र चाडपर्वको परम्परालाई जोगाइराख्न एनसेलले प्रयास गर्दै आएको छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया