नेपालकै ठूलो होली इभेन्ट​ हुर्दै

१ महिना अगाडि

काठमाडौं - काठमाडौंको दरबारमार्गमा ​नेपालकै पहिलो र भव्य होली 'पून्ही फेस्टिबल' हुने भएको छ ।​​

उक्त इभेन्टलाई देशकै पहिलो इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले प्रायोजन गरेको छ । होलीको सन्दर्भ पारेर नेपालमा यति ठूलो इभेन्ट पहिलोपटक हुन लागेको हो । खानाको अनेकौं स्वाद, रंग र संगीतको सुर तथा तालमा सजिने यस इभेन्टमा एबेस थापा, डीजे बीपीएम, डिजे डिएएन, भीइके लगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् । इडीएम संगीतका साथ रेइन डान्सको रौनकले दरबारमार्ग छाउने छ ।

होलीको सांस्कृतिक पक्षको महत्व उजागर तथा सद्‌भाव एक-आपसमा फैलाउने र विदेशी पर्यटकलाई रंगहरूको पर्व होलीसँग परिचित गराउँदै मनोरञ्जन दिने इभेन्टको प्रमुख उद्देश्य छ ।​ जसमा निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ । बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुने यस इभेन्टमा १ लाख भन्दा बढि दर्शकको उपस्थित हुने आयोजकको अनुमान छ । दर्शकको सुरक्षा तथा इभेन्टको सफल व्यवस्थापनका लागि स्वयंसेवकको चुस्त व्यवस्था समेत गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया