वेलकम एड्भरटाईजिङ्ग को “ह्याप्पी होली”

१ महिना अगाडि

 काठमाडौँ - यस बर्षको फागू पूर्णिमालाई भब्य रुपमा स्वागत गर्दै शुक्रबार, वेलकम एड्भरटाईजिङ्गले  आफ्नै  प्राङ्गणमा आपसि एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको  रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

होली नेपालमा रङहरूको पर्व हो “फागु पूर्णिमा” – पूर्णिमाको दिन धेरै हर्षोल्लासका साथ मनाइन्छ । यो समय वसन्तको प्रचुर मात्रामा रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो । हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रंगहरूको पर्व होली, एक हो । काठमाडौं, पर्यटकीय राजधानी भएकोले यो पर्व ले विदेशीलाई पनि धेरै आकर्षित गर्छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा  होली पर्व मनाइन्छ ।    

हालको समाज, परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुदैं आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा  वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवकोे  पर्व  होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाईदिदै यस्ता पर्वहरुले समाजमा टुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य, र विगतबाट संचित भावनात्मक अशुद्धताहरूबाट छुटकारा पाउन र आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास तथा समाजको पुर्नस्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुले एक – आपसमा  रङंहरू छयापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यंजनहरू का साथमा “ह्याप्पी होली” शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाएका छन् । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे । 


 

१ महिना अगाडि

प्रतिक्रिया