भक्तपुर औद्योगिक महोत्सव हुर्दैै

आइतबार, ११ चैत्र २०८०, १५ : ५९

काठमाडौँ - भक्तपुरमा आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ ।


औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिन सम्म चल्नेछ । महोत्सवमा २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । महोत्सव अवलोकन गर्न ५ लाख भन्दा बढीको उपस्थिति रहने बताइएको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए । मेलामा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको स्टल रहने अध्यक्ष महतको भनाइ छ । अध्यक्ष महतका अनुसार मेलामा कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ।

 मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशूल्क प्रवेश दिइने मेला आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिए । मेलामा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिने संयोजक थापाले बताए । बैशाख २ गते औद्योगिक मेला सकिएपछि ३ गते भने मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने मध्यपुर ब्वाइज बैण्डका अध्यक्ष एवं मेलाका निर्देशक सुनिल बज्राचार्यले बताए ।  सो दिन भने प्रवेश शुल्क २०० रुपैयाँ रहने बज्राचार्यको भनाइ छ ।
 

आइतबार, ११ चैत्र २०८०, १५ : ५९

प्रतिक्रिया