आयरल्यान्ड विरुद्ध बलिङ गर्दै नेपाल

१ महिना अगाडि

काठमाडौं - घरेलु टोली नेपालले ट्वान्टी(२० शृङ्खलाअन्तर्गत  आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिड्न लागेका हुन् । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव र सन्दिप जोरा छन् । साथै  अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

१ महिना अगाडि

प्रतिक्रिया