यातायात सञ्चालनमा सास्ती

१ महिना अगाडि

काठमाडौँ - कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । 

ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी  भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।यो खण्डमा हाल दैनिक १५ वटाभन्दा बढी मालबहाक ट्रक, २० वटा ट्याक्टर, १० वटा जिप र ५० भन्दा बढी मोटरसाइकल सञ्चालन हुँदै आएका छन् । सडकमा धुलो बढी हुनुका साथै खाल्डै खाल्डका कारण सवारी साधनले समस्या भोगी रहेको ट्राफिक प्रहरी सर्केगार्डले जनाएको छ । सुर्खेतबाट मालबहाक सवारी साधन चलाउँदै आएका साजन पनेरुले हुम्ला खण्डमा पछिल्लो समय खाल्डाखुल्डी बढी भएका कारण सवारी चलाउन समस्या भइरहेको बताउछन् । यसले गर्दा सवारी चलाउन समय लाग्नुका साथै जान समेत हुने गरेको उनको भनाइ छ ।

चालक पनेरुले कवाडीदेखि ल्याप्चेसम्मको ६५ किलोमिटर दूरीको सडकमा खाल्डाखुल्डी बढी भएका कारण दैनिक चारदेखि पाँच वटा ट्रक फस्ने गरेको बताए । उक्त सडकखण्डमा तीन सयभन्दा बढी खाल्डाखुल्डी रहका  छन् । उनले तीन दिन अगाडि सर्केगार्ड गाउँपालिका–४ को बालुकुनाको खाल्डा भएको सडकमा ट्रक फस्दा सडक अवरुद्ध भएको बताए  । अर्का ट्याक्टर चालक कुलबहादुर मगरले ठुला ट्रकहरू सञ्चालनमा आएपछि सडकमा बढी खाल्डाखुल्डी पर्ने गरेको बताए । उनले ठुला मालबहाक सवारी साधनले सडक बिगार्ने तर साना साधन मर्कामा पर्ने गरेको जानकारी दिए ।


 

१ महिना अगाडि

प्रतिक्रिया