करेन्ट लागेर एक महिलाको मृत्यु

१ महिना अगाडि

काठमाडौँ- जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया