नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनले हरायो

१ महिना अगाडि

काठमाडौँ - दोस्रो टी- २० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई  फराकिलो अन्तरले हराएको छ । 

शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनु अघि एक सय २७ रनमात्र बनाउन सक्यो ।
 

१ महिना अगाडि

प्रतिक्रिया