अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकलाई सम्मान

१ महिना अगाडि

काठमाडौँ - अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकलाई धनकुटामा सम्मान गरीएको छ । 

धनकुटामा प्रदेश खेलकुद विकास बोर्डले मङ्गलबार आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश भित्रका अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका छन्। सम्मानित हुने खेलाडीमा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला कबड्डीमा कांस्य पदक विजेता मेनुका राजबंशी, अनुजा कुलुङ राई, इशा राई,  प्रशिक्षक पार्वती राई र कराँतेमा कांस्य जिताउने प्रशिक्षक कुशल श्रेष्ठलाई जनही दुई लाख रुपियाँबाट सम्मान गरिएको हो । 

यस्तै मलेसियामा सम्पन्न आइटिएफ तेक्वान्दोको विश्व च्याम्पियनसिप पदक जित्न सफल सजिना तामाङलाई ५० हजार, साउदी अरेवियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनमा रजत पदक विजेता सविता रानामगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रिति राई, अञ्जिला तुम्वापो सुब्बा र प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार रुपियाँबाट सम्मान गरिएको हो । सम्मान पछि बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलाडी राष्ट्रको गहना भएको बताए । उनले प्रदेश सरकार खेलाडीलाई अझ सम्मान गर्ने पक्षमा रहेको बताए । 

१ महिना अगाडि

प्रतिक्रिया