गणेशमान स्मृति बुद्धिचाल प्रतियोगिता हुर्दैै

४ हप्ता अगाडि

काठमाडौँ - नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता वैशाख १४ देखि १९ गतेसम्म हुने भएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा हुने प्रतियोगितामा ३४ जना राष्ट्रिय खेलाडीको सहभागिता रहने छ ।  प्रतियोगिताको विजेतालाई सलुटो यामाहा मोटरसाइकल तथा उपविजेतालाई ८० हजार र तेस्रो हुने खेलाडीलाई ५० हजार रुपियाँ प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी  दिए । प्रतियोगिताका खेलहरू लिग कम नकआउटका आधारमा खेलाइने छ । सात चरणको लिग खेलपछि शीर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् । बाँकी खेलाडी लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपियाँ प्राप्त गर्नेछन् । यस्तै महिला तर्फको विजेतालाई १० हजार, उपविजेतालाई आठ हजार तथा उत्कृष्ट भेट्रान, उत्कृष्ट रेटेडसँगै यु–१९ विधामा पहिलोलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने संयोजक ताम्राकारले बताए । 


 

४ हप्ता अगाडि

प्रतिक्रिया