एसईईका एक नक्कली परीक्षार्थी पक्राउ

४ हप्ता अगाडि

काठमाडौं- दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका प्रहरीले बताएको छ । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया