आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले फिल्डिङ गर्ने

४ हप्ता अगाडि

काठमाडौँ - आयरल्यान्ड ‘ए’ विरुद्धको शुक्रबार हुने टी–२० खेलमा घरेलु टोली नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो। यसअघि बिहीबार हुने भनिएको खेल वर्षाका कारण रद्ध भएको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिकाका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शनिबार खेलिने छ । यी दुई टोलीबिचको तेस्रो टी२० खेल भने अप्रिल १ तारिखमा खेलिने छ । त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीन खेलको एकदिवसीय शृंखला खेलिने छ । पहिलो एकदिवसीय अप्रिल ३ मा, दोस्रो एकदिवसीय अप्रिल ५ मा र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने छ ।
 

४ हप्ता अगाडि

प्रतिक्रिया