नेपाललाई आयरल्यान्डले २२३ रनको लक्ष्य

४ हप्ता अगाडि

काठमाडौँ  - आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई २२३ रनको  लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै देशका ‘ए’ टोलीबीचको टी- २० प्रतियोगिता चलिरहेको छ। प्रतियोगिताको दोस्रो दिन शुक्रबारको खेलमा आयरल्यान्डले पाँच विकेटको क्षतिमा २२२ रन बनाएको हो। आयरल्यान्डका लागि पेटर मुरले ४९, नेल रोक र केड कार्निचलले ३८-३८ तथा स्टेफन डोहेनीले ३४, गेरेथ डेलानीले ३० र गभिन हनीले १८ रन बनाए। दोस्रो बलमा पहिलो विकेट गुमाएको आयरल्यान्डले त्यसपछि भने विस्फोटक ब्याटिङ गरेको हो। नेपालका लागि कमलसिंह ऐरीले तीन, सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए। नेपाल र आयरल्यान्ड बीचको पहिलो खेल बिहीबार पानी परेपछि रद्द भएको थियो। यो शृंखला अन्तर्गत चार वटा टी-२० खेल हुनेछन्।

४ हप्ता अगाडि

प्रतिक्रिया