आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक

४ हप्ता अगाडि

काठमाडौँ - पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले शतक बनाएका छन् । 

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले ५२ बलमा आफ्नो शतक पुरा गरेका हुन् । यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । उनलाई गतिलो साथ दिइरहेका आरिफ शेख ४५ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि २९ बलमा ४० रन चाहिएको छ ।
 

४ हप्ता अगाडि

प्रतिक्रिया