आज नेपाल ए र आयरल्याण्ड ए बिचको दोस्रो टी–२० खेल हुँदै

नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब

४ हप्ता अगाडि

काठमाण्डौ – नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुने भएको छ।

 हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ।

हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो। श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ। टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् । 

आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

४ हप्ता अगाडि

प्रतिक्रिया