टी-२० अभ्यास शृंखला: नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतिस्पर्धा हुँदै

१ महिना अगाडि

काठमाडौं- यस अगाडि नै दुई खेलमा पराजित भइसकेको नेपाल ‘ए’ ले सोमबार आयरल्यान्ड ‘ए’ विरुद्ध टी- २० अभ्यास शृंखलाको अन्तिम खेल खेल्दैछ। 

उक्त खेल आज दिउँसो १ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। दुई वटा खेल हारेर सिरिज गुमाइसकेको नेपाल 'ए'ले आजको खेल जितेर क्लिनस्विप हुनबाट जोगिने प्रयास गर्नेछ। नेपाल एले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले गुमाएको थियो।

नेपाली टोलीबाट विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री सहभागी छन् । 

यता आयरल्यान्डको टोलीबाट निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट रहेका छन् । 

१ महिना अगाडि

प्रतिक्रिया