भारत-नेपाल शिल्प मेला सम्पन्न

१ महिना अगाडि

काठमाडौं - काठमाडौंमा   भारत-नेपाल लोक शिल्प मेला- २०२४ आयोजना सम्पन्न भएको छ ।

काठमाडौंको ठमेलस्थि छाया सेन्टरमा २८ मार्चदेखि १ अप्रिलसम्म मेला आयोजना गरिएको हो । भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एसिया फाउन्डेसन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षीय सम्बन्धहरूको प्रोत्साहन गर्दछ र भारत र नेपाल बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ । मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै भारत र नेपालका शिल्पकर्मीहरू द्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरूको प्रदर्शनी गरिएको थियो । व्यापार सुविधा, सांस्कृतिक कार्यक्रम, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेसन, डिजाइन वर्कसप, भारत र नेपालका लोक कला र शिल्पका साथै वाराणसीको आकर्षक शिल्प मेलाका आकर्षण रहेका थिए ।

यस प्रदर्शनी एवम् बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मीरशिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी थिए । यस्ता अन्तरदेशीय सांस्कृतिक मेला, नेपाल र भारत बीचको कला र शिल्पकला क्षेत्रमा एक प्रभावकारी सहकार्य हुने र यसले थप सहकार्यका लागि एक सुवर्ण अवसर हुने आयोजकले जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासको प्रायोजनमा, विभिन्न नेपाली प्रायोजकहरूले मेलाको प्रायोजन गरेको थियो । मेलामा प्रवेश निःशुल्क गरिएको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया