फिल्म ‘ज्वाइँ साब’मा अभिनय गर्दै जीतु

१ महिना अगाडि

काठमाडौँ- अभिनेता जीतु नेपाल ‘ज्वाइँ साब’ बन्ने भएका छन् । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा उनी केन्द्रीय भूमिकामा देखिने भएका हुन् ।

कथा राम्रो लागेकोले ‘ज्वाइँ साब’ अभिनय गर्न लागेको नेपालले बताए । फिल्मको अहिले लेखन कार्य जारी रहेको जीतुले सुनाए । राजकुमार पण्डितको निर्माण रहने फिल्म सामाजिक कथावस्तुमा कमेडी शैलीमा निर्माण हुन लागेको हो । जीतुले यसअघि मुख्य भूमिकामा फिल्म ‘ह्यारीकी प्यारी’ अभिनय गरेका थिए ।

बसन्त निरौलाको निर्देशन रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहनेछन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद फिल्ममा रहनेछ । 
आउँदो वर्षको तिहारमा रिलिज लक्ष्य राखिएको फिल्मको वैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइन्छ ।

१ महिना अगाडि

प्रतिक्रिया