नेपाली टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै

मंगलबार, २० चैत्र २०८०, १३ : ३१

काठमाडौँ- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै छ । 

पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल नेपाली समयानुसार पौने ३ बजेबाट सुरु हुनेछ । 

सोमवार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो । आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ ।

मंगलबार, २० चैत्र २०८०, १३ : ३१

प्रतिक्रिया