काठमाडौँ - नेपाली टोलीले आजको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे । सन्दीप जोराले पनि टोलीका लागि १६ बलमा २९ रनको योगदान गरे । अनिल साहले २७ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए । यसैगरी ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर ब्याट्सम्यान आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक–एक विकेट लिए ।
प्रतिक्रिया