चलचित्र ‘बलिदान’ मा अभिनेत्री ऋचा शर्मा

१ महिना अगाडि

काठमाडौँ- चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा भित्रिएकी छन् । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्मको मुख्य भूमिकामा ऋचालाई भित्रिएको जानकारी दिए । उनको भूमिका भने उनले खुलाएनन् ।

फिल्मको मुख्य भूमिकामा समीर भट्टले डेब्यु गर्दैछन् । समीर अभिनेता बिराज भट्टका छोरा हुन् । ऋचा समिराको जोडीको रूपमा पनि देखिन सक्ने अनुमान गरिएको छ । 

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर रहेर फिल्म निर्माण हुनेछ । फिल्मले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन बाध्य पार्नेको पहिचान गर्ने बताए ।आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।
 

१ महिना अगाडि

प्रतिक्रिया