तराईमा सिञ्चाईको समस्या हल गर्न रिभर लिँकेज प्रोजेक्टतर्फ सरकारको ध्यान गएको छ : प्रधानमन्त्री

४ हप्ता अगाडि

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईको भू-भागमा सिञ्चाई सुविधान पुर्याउन रिभर लिंकेज प्रोजेक्टमा सरकारको ध्यान गएको बताएका छन् ।

 बिहीबार सिंहदरबारमा राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई सम्बोधन गर्दै उनले सिँचाइका लागि प्रविधिको नयाँ प्रयोग गर्नेतर्फ ध्यान गएको आश्वस्त पारे । तराईमा देखिएका सिँचाई समस्या समाधानका लागि यसअघि नदी डाइभर्सनका कुरा भएका छन् । आंशिक रुपमा पूर्वदेखि पश्चिमसम्म त्यस्ता आयोजना बनेका छन् । यो पटक सरकारको ध्यान ‘रिभर लिंकेज प्रोजेक्ट’ बनाउनेतर्फ गएको छ’, प्रविधिको नयाँ प्रयोगबारे जानकारी दिँदै उनले भने, ‘‘देशभरिका नदीहरूलाई एक अर्कासँग जोडेर सिंगै तराईमा सिँचाई हुनसक्ने, मरुभूमिकरणको अन्त्य पनि हुने । पानीको राम्रो सदुपयोग पनि हुन सक्ने ।

अहिले अन्तर्राष्ट्रिय रुपमा पनि ‘रिभर लिंकेज प्रोजेक्ट’ बनेका छन् । त्यसका निम्ति प्रविधिको पनि विकास भएको छ । त्यसमा हाम्रो ध्यान गएको छ ।’यस्तै भूमिसुधार र लालपूर्जा वितरणले मात्र समाजवाद नआउने प्रधानमन्त्री प्रचण्डले जिकिर गरे । त्यसका लागि भूमिहीन किसानलाई मजदुर वर्गमा रुपान्तरण गरी उद्योग व्यवसायमा नलगेसम्म र जमिनको चक्लाबन्दी गरी त्यहाँ सामुहिक सहकार्य नगरेसम्म  समस्याको समाधान नहुने उनको बुझाइ छ । त्यसका लागि नयाँ भूमि आयोग गठन गर्नेतर्फ सरकारको ध्यान गएको उनले जानकारी दिए ।

४ हप्ता अगाडि

प्रतिक्रिया