ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढ्यो

३ हप्ता अगाडि

काठमाडौँ - पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण इएको छ । 

सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले ठेक्का आह्वान गरि सकेको हो । रु. १५ करोड बजेट लागतको बहुवर्षीय ठेक्काअन्तर्गत सघन सहरी तथा भवन निर्माण योजनाले टेन्डर खोलेको हो ।चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

अर्थ मन्त्रालयबाट रु १५ करोडको बहुवर्षीय ठेक्का तथा स्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सघन सहरी तथा भवन निर्माण योजनाले बनाएको डिजाइन सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो ।आव २०८२\८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण कार्य अगाडि बढाउने जनाएको छ ।ट्रमा अस्पताल सञ्चालन पश्चात् पूर्वपश्चिम राजमार्गको बुटवल - नारायणगढ खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका बिरामीले सहज उपचार पाउने छन् ।


 

३ हप्ता अगाडि

प्रतिक्रिया