मुसेखोला नजिकको पहिरो खस्ने जोखिम

३ हप्ता अगाडि

काठमाडौँ - मुग्लिन-पोखरा सडक योजनाको पूर्वी खण्ड अन्तर्गत तनहुँको व्यास-१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरा खस्ने जोखिम रहेको छ ।

सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुनसुकै समयमा पहिरा खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गराइएको उनको भनाइ छ ।उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उनले बताए ।

३ हप्ता अगाडि

प्रतिक्रिया