सैनिक क्लबमा रामायणकी सीता

४ हप्ता अगाडि

काठमाडौँ - टेलिसिरियल रामायण कि सीता आज दिउँसो सैनिक क्लबमा आउने भएकी छन् ।

रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी हुन् । आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रूपमा उनी सहभागी हुँदै छन् । आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरूको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । 

४ हप्ता अगाडि

प्रतिक्रिया