वोरिङको पानी पिउँदा बालबालिकाको मृत्यु

४ हप्ता अगाडि

काठमाडौँ - पाकिस्तानको सिन्ध प्रान्तको सङ्घरमा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ ।

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो ।  विषाक्त पानी सेवन पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको थियो। पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजता  भएको  थियो । अस्पतालमा नै  उनीहरुको मृत्यु भएको छ । घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो । जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्प बन्द गरिएको छ । 


 

४ हप्ता अगाडि

प्रतिक्रिया