कावाखोलाको पुल पुनःनिर्माण काम सुरु

३ हप्ता अगाडि

काठमाडौं - केही महिना अघि निर्माण सक्ने अन्तिम चरणमा पुग्दा भाँचिएको कावाखोलाको पक्की पुल पुनःनिर्माण सुरु भएको छ ।

हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको निमार्ण तिव्र गतिमा थालिएको हो । हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ । यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुने लक्ष्य लिइएको छ । मूल्य अभिवृद्धि कर भ्याट सहित चार करोड ६२ लाख ७४ हजार नौ सय १० को लागतमा पुल बन्न लागेको हो ।

३ हप्ता अगाडि

प्रतिक्रिया