‘रामायण’की सीता नेपाल आएर गरिन् रामको प्रशंसा

४ हप्ता अगाडि

काठमाडौँ - चर्चित भारतीय धारावाहिक शृङ्खला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छिन् ।  

शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपिकाले रामायणबाट भगवान् राम एक असल पुत्र, भाइ र श्रीमान् हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन् । उनले भनिन,‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाइ र असल श्रीमान् हुनुहुन्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’

उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भए पनि भगवान् रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो ।रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान् रामको १४ वर्षे वनवास हुँदै रानी सितालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन् ।धेरै नेपाली दर्शकमाझ लोकप्रियता कमाएकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् । भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन् । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया