नेपालगञ्जको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु

३ हप्ता अगाडि

काठमाडौँ - नेपालगञ्जको रामलिला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माणकार्य  सुरु भएको छ ।

 नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्राबास सहितको विद्यालय निर्माण कार्य सुरु भएको हो । ६ करोड रुपियाँमा तीन तल्ले अत्याधुनिक भवन निर्माण गरिने भए पनि पहिलो चरणमा एक करोड ४५ लाख रुपियाँको लागतमा पहिलो तल्ला भवन निर्माण कार्य अघि बढेको हो । पहिलो तलाको निर्माण कार्य असारभित्र सम्पन्न गर्नेगरी हाल निर्माण कार्य भइरहेको छ । 

हाल बाल मन्दिरको भवन जिर्ण तथा साँघुरो रहेका कारण अध्ययन अध्यापनमा असहज भएपछि नयाँ भवन निर्माण थालिएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति आचार्यले भने, ‘डीपिआर अनुसार तीन तल्ले भवन निर्माण गरिनेछ, पहिलो तलामा विद्यालय, दोस्रोमा छात्राबास र तेस्रो तलामा विद्यालयको पठन पाठन हुने भएको छ । बाल मन्दिरमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् । आचार्यले दुई बर्ष अघिसम्म ४० जना विद्यार्थी रहेकोमा अहिले विद्यार्थीको सङ्ख्यामा बृद्धि भएको बताउ । भौतिक निर्माणसहित शैक्षिक गुणस्तर सुधारका लागि समेत पहल थालिएको उनले बताए। 

३ हप्ता अगाडि

प्रतिक्रिया