सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड गायक पदम राईले जिते

३ हप्ता अगाडि

काठमाडौं - नेप्को इन्टरटेनमेन्ट अवार्ड २०८० मा गायक पदम राईले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड पाएका  छन् ।

उनले ‘सरकारी अड्डा’ बोलको गीत मार्फत  यस अवार्ड जितेका हुन् । यस गीतमा डिपी खनालको शब्द छ भने गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिएकी छन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट लोक विधा अन्तर्गत नेत्र भण्डारीले ‘झरी’ बोलको गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड हात पारे । पप विधा अन्तर्गत सर्वोत्कृष्ट संगीतको अवार्ड संगीतकार कल्याण सिंहले हात पारे । ‘नेपाली गीत, संगीतकर्मीहरुको सम्मान संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न यस अवार्ड समारोहमा गायिका शर्मिला गुरुङलाई राष्ट्रिय गायिका सम्मान, डा। भोला रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिएको थियो ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया