रुस–युक्रेन युद्ध नयाँ मोडमा

३ हप्ता अगाडि

काठमाडौं –विश्वको ध्यान तान्न सफल रुस–युक्रेन युद्धले नयाँ स्वरुप लिने संकेत देखिएको छ । अमेरिका र उसका सहयोगीहरुको समेत साथ पाएको युक्रेन यतिबेला पराजयको भयले आत्तिन थालेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । हालै मात्र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन् ।


अमेरिकाले युद्धमा अर्बौं डलर खर्च गरिरहेको बेला कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि  सैन्य सहायतामा रोक लगाएका छन् । “कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भने  ।

अमेरिकी सआयता बिना युक्रेन अब बाँच्न पनि नसक्ने जेलेिन्स्कीले बताउन थालेका छन् ।  युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उनले बताए । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । यसबाट युद्ध अब धेरै लामो समय नजाने विश्लेषण हुन थालेको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया