पोस्टरमा यस्तो देखियो फिल्म ‘खजुरे ब्रो’

३ हप्ता अगाडि

काठमाडौंँ- सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’ आगामी वैशाख २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले फिल्मको प्रचार प्रसारलाई थप प्रथामिकता दिन नयाँ पोष्टर समेत ल्याएको छ ।

पोस्टरमा सिनेमाको शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा अत्यन्त खुशी मुद्रामा देख्न सकिन्छ । पोष्टरमा एकातिर पैसाले यी दुई पात्रलाई दिलाएको खुशी देख्न सकिन्छ भने अर्कोतर्फ खजुरेले यो खुशीमा आफूले मन पराएकी सुन्दरी युवती ९नीति शाह०लाई याद गरिरहेको झल्काइएको छ ।

पोस्टरमा कलाकार नविन मानन्धरलाई पनि स्थान दिइएको छ । पोस्टरमा उनलाई कुनै तहको परीक्षामा दीक्षित भएपछिको खुशी मुद्रालाई प्रस्तुत गरिएको छ । धरान र आसपासका स्थानमा चर्चित ‘खजुरे’ पात्रको कथा पेस गर्छ । धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ । ‘खजुरे ब्रो’ ले उनकै कथा बिषय बनेको छ । 

फिल्ममा रेयर, महेश, नीतिका अलावा  प्रकाश भुजेल, बिनिता थापामगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीपचन्द्र राईलगायत कलाकारको अभिनय छ । कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् ।डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिशंखेको छायाङ्कन, मित्र डि गुरूङको सम्पादन छ । फिल्मलाई आर।आर फिल्मस्ले वितरण गर्देैछ । 
 


 

३ हप्ता अगाडि

प्रतिक्रिया