सशस्त्रको केन्द्रीय स्टोरमा भएको आगलागी बारे छानबिन गर्न समिति गठन

मंगलबार, २७ चैत्र २०८०, ०९ : ३४

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागी घटना छानबिन गर्न समिति गठन भएको छ । कार्य विभागका प्रमुख एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन् ।  । 

विद्युत् चुहावट मार्फत आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।  घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका थिए । 

मंगलबार, २७ चैत्र २०८०, ०९ : ३४

प्रतिक्रिया