‘फ्रेण्डस सिनेमाज्’ धरान आजबाट पुनः सुरु

२ हप्ता अगाडि

काठमाडौँ - प्राविधिक कारणले केही सातादेखि बन्द रहेको धरानस्थित फ्रेण्डस सिनेमाज् पुनः सुरु भएको छ । 

सञ्चालक पुष्कर घिमिरेले आजबाट हल पुनः सुचारु भएको जानकारी दिए । हल सुरु भएसँगै फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । महाजात्रा २९ गतेसम्म दैनिक ३ शो  प्रदर्शनमा आउने  छ । त्यसपछि चैत्र ३० गतेबाट हलमा फिल्म ‘डिग्री माइला’ पनि प्रदर्शनमा आउनेछ । २२० सिट क्षमता रहेको हलमा फोके प्रोजेकशन, डल्बी एटमस साउण्ड सिस्टम, जेबिएल को साउण्ड सिस्टम , १८ बाइ ३४ को थ्रिडी पर्दा आरामदायी सिट छन् । दुई वटा पर्दा भएको हलको अहिले एक पर्दा मात्र सञ्चालनमा आएको हो । अर्को एक पर्दा वैशाखबाट मात्र सञ्चालनमा  आउने घिमिरेले जानकारी दिए ।

२ हप्ता अगाडि

प्रतिक्रिया