प्रदीपको 'एक्लो' फष्टलुक पोस्टर सार्वजनिक

२ हप्ता अगाडि

काठमाडौँ -  प्रदीप शाहीको निर्देशन रहने साईफाई–जोम्बी थ्रिलर फिल्म ‘एक्लो–१’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । 

अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पात्रको अनुहार लुकाएर स्पेस सुटमा प्रस्तुत गरिएको छ । स्पेससुटमा नेपालको झण्डा अंकित देख्न सकिन्छ । स्पेससुटमा अभिनेता प्रदीप रहेको निर्माण युनिटले जनाएको छ । निर्देशक शाहीले फिल्म ट्राइलोजी (तीन भाग) मा निर्माण हुने बताए ।

फिल्ममा प्रदीपका अलावा वेनिशा हमाल, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको मुख्य अभिनय रहनेछ । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । फिल्म साउनको अन्तिमबाट छायाङ्कनमा जाने तयारीमा छ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया